भुलेका कथा तिता मीठा
सादा कागजको पानामा तब देख्छु
जब म गीत गाउन थाल्छु
सम्झनामा सधैं चोट बल्झिदिन्छ
यादहरूका लहरहरूले
बिर्सिसकेको कथाहरू दोह्याइदिन्छ
नीरवतामा त्यसैमा झस्किदिन्छ
भावनाका लहरहरूले
भत्किसकेको शून्य महलमा डोर्याउँछ
स्वर – अरूण थापा
