कसुर केनै छ र आॉंखाको,
भन्छ हेर्न मनले
खोजिरन्छ अन्जानैमा,
किन होला तनले
उजेलो मुहार पातलो शरीर,
अनि लामो केश
मोहनी मुक्त गाजलु ऑंखा,
लठ्ठै पार्ने झन् त
फुलीराख्ने मुस्कान तिम्रो,
मोती बल्ने दाँत
लच्किरहने बारूले कम्मर,
इन्देणीको माझ
छलाङ् हाल्दा नजरले,
नबिराई कतै
टोलाई रहन्छन् नयनहरू,
हाराइरहन्छ त्यतै
भएपनि अर्कैको बगैंचा,
आफनै जस्तै लाग्छ
गुलाब सरी लोभलागदो थुगाँ,
टिपौँ टिपौँ लाग्छ
हुन्न होला थाहा तिम्लाई,
खोज्छ मन कति
तरंगिन्छ छाल हान्दै,
समुद्रै जति
चियाइरहन्छ एकान्तमा,
स्वयम हराई हराई
सपनीमा भेटदा बोल्छ,
बरबराई-बराई
तुलसिंह नेपाली
दैलेख
हाल यू ए ई
