Skip to content

बलिन्धारा आँशु खस्यो


बलिन्धारा आँशु खस्यो तिमीसँग छुट्दाखेरी
शरीर पुरै भिज्नपुग्यो आँशुको मूल फुट्दाखेरी

म पनि त वेचैनीमा छटपटिदै बसेकी छु
दुई मुटुलाई छुटाउन सारा समाज जुट्दाखेरी

वेदनाको चर्को पीडा लुकाई जान बाध्य भएँ
विछोडको पलमा सारा खुशीहरू लुट्दाखेरी

आँखाको त्यो डिलबाट आँशु खस्नै लाग्दा पनि
लुकाउन बाध्य भएँ सारा साइनो टुट्दाखेरी

गजलकुञ्ज भरतपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *