लोकतन्त्रमा जनतालाई


लोकतन्त्रमा जनतालाई खास दिनुपर्छ
कर्णालीका वासिन्दालाई गाँस दिनुपर्छ

तिम्ले मात्र दरबार अब बनाएर हुन्न
जंगल बस्ने राउटेलाई बास दिनुपर्छ

वेपत्ता पारिएकाहरूको सूची मात्र हैन
कि त सास हैन भने लाश दिनुपर्छ

अपहरण, हत्या, हिंसा, बलत्कार हैन
देशलाई सुरक्षाको आभास दिनुपर्छ

संविधान बनाउन नसक्ने ती नेतालाई
भोट हैन अब हामीले घाँस दिनुपर्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *