Skip to content

जब सरकारमा बसी


जब सरकारमा बसी लाचार हुनेछ
अखबारको मुख्य समाचार हुनेछ

भ्रष्टाचार गरी सिङ्गो देश लुटेर
जनताकोसामु सदाचार हुनेछ

घरदैलो भन्दै गाउँ–गाउँमा पुगेर
चुनावको व्यापक प्रचार हुनेछ

फेरि जिस्काउन जाँदैछौ किसानलाई
होशगर कुटो, कोदालो प्रहार हुनेछ

यदि बाध्य भएभने जन्ता हतियार उठाउन
अनि तिम्रो रुवावासी र हार गुहार हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *