Skip to content

किन बेचिदैछन् मान्छेहरू


किन बेचिदैछन् मान्छेहरू बजारमा आजभोलि ?
सामान जस्तै किनमेल हुन्छ हजारमा आजभोलि

हरेक चाहना अनि सपनाहरूलाई बन्धकी राखेर
जिन्दगी जिउन बाध्य छन् करारमा आजभोलि

झट्ट हेर्दा लाग्छ सबैलाई खुशी नै छन् उनीहरू
स्पष्टै देखिन्छ बाध्यता अनुहारमा आजभोलि

इच्छा, चाहना अनिरहर केही पनि होइन
परेर नै हो गरिबीको मारमा आजभोलि

मौन बस्छ सरकार यसमा कुनै चासो नै छैन
फरारा छ गिरोह भन्छ समाचारमा आजभोलि

Leave a Reply

Your email address will not be published. Required fields are marked *