म पात बिनाको त्यो बोट हेरिरहेछु
निको नहुने घाउको चोट हेरिरहेछु
फरक स्वभाव अनि विचार भएको
स्वार्थी मान्छेहरूको बनोट हेरिरहेछु
कलमलाई हतियार बनाई सर्कार ढाल्ने
गजलकारहरूको यस्तो अठोट हेरिरहेछु
पक्का भ्रष्टाचार गरेरै कमाएको हुनुपर्छ
पसिनाको गन्ध नआएको नोट हेरिरहेछु
