मौन बस्छ सीमाना हराउँदा यो कस्तो गणतन्त्र ?
कान थुन्छ बलात्कृत कराउँदा यो कस्तो गणतन्त्र ?
निरङ्कुश शासन ढाल्ने आन्दोलनका घाइतेहरूको
मल्हम छैन घाउ चहराउँदा यो कस्तो गणतन्त्र ?
जताततै हत्या, हिंसा, अपहरण अनि बलत्कार
छैन सुरक्षा जनता डराउँदा यो कस्तो गणतन्त्र ?
हुँदा खाने वर्गहरूको लागि हो यो हाम्रो संघर्ष भनेर
दिन्छन् भाषण जन्ता भेला गराउँदा यो कस्तो गणतन्त्र ?
