Skip to content

आफ्नै मान्छेमा परिवर्तन

RamApriya


पित्तल पनि सुनजस्तै टल्किएको देखेँ आज
आफ्नै मान्छे अरुसँग पल्किएको देखेँ आज

हिजोसम्म साधा जीवन् उच्च विचार् भन्ने मान्छे
पुरातनमा नवीनता झल्किएको देखेँ आज

पैलेजस्तो धैर्य अनि स्थिरता नभएर यहाँ
भित्रभित्रै चन्चलता छल्किएको देखेँ आज

गाउँभरि हल्ला थियो आनी-बानी बिग्रिएको
सामुन्नेमा आँखाले नै सल्किएको देखेँ आज

राम अप्रिय
पाँचथर
हाल: – साउदी अरब

1 thought on “आफ्नै मान्छेमा परिवर्तन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *