Skip to content


अॉंशु बनी छता छुल्ल,
पीडा बग्ने भेल
कसै गरी सकिएन भुझ्न,
यो दैवको खेल !

कैले गर्मी कैले वर्षा,
कहिले अति जाडो
जे परे नि सहनै पर्ने,
व्यथा कति सारो !

न त देख्छ दैवले दु:ख,
न पुकर्दा सुन्छ
दुखी गरिब निसहायको,
मन कति रुन्छ !

न कपडा न्यानो उन्को,
नत घर तातो
पानी पर्दा हावा चल्दा,
जाने गर्छ सातो!

जस्को छैन कमाइ-काज,
उस्कै धेरै नानी
दिन्छौ तिम्ले सारा चिज,
जानी कि नजानी !

न त पाउछन् पेटभरि खाना,
न त स्कुल जान
कोहीलाई गाडी कोहीलाई झुप्रो,
कति आपमान !

साचै तिमी दैव भए,
आँखा खोली हेर
दुखी गरिब ती सबैको,
भाग्य रेखा फेर !

कति दिन्छौ पीडै-पीडा,
देऊ न केही सुख
हाँसी खुशीरहुन तिनी,
बॉंचुन्जेल ढुक्क !

तुलसिंह नेपाली
दैलेख
हाल यू ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *