Skip to content

पुगिहाल्यो नि


कसले गर्छ र सॉंचो मायॉं,
आफनो काम पटन पाए पुगिहाल्यो नि !
सातै समुद्र काट्न किन चाहियो र ?
तिर्खाको बेला प्यस मेटन पाए पुगि हल्यो नि !

किन चाहियो मूलकै पानी,
टन्न पिउन पाए पुगिहाल्यो नि !
किन सम्झनु घर अनि घडा,
हिडदै जॉंदा जहां मिल्छ,
त्यहीं खाए पुगिहाल्यो नि !

स्वार्थको भॉंडो बनिदिँदा माया,
विश्वासको गीत गाउँदा पुगिहाल्यो नि !
छोडदिदा गति मायाले आज,
एउटाले धर्ती अर्कोले आकाश
पाउँदा पुगिहाल्यो नि !

धर्म कर्म सोच्छ र कसले,
छल्न पाए पुगिहाल्यो नि,
कहाँ छ र अग्निपरीक्षा यहाँ
मौका को चौका बन्न पाए पुगिहाल्यो नि !

फर्के र कोनै हेर्छ संसर,
छेडिमै झुम्न पाए पुगिहाल्यो नि,
सभ्यता सस्कार जहाँ जावस,
आ-आफनो संसारमा रम्न पाए पुगिहाल्यो नि !

तुलसिंह नेपाली
दैलेख
हाल यूएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *