Skip to content


आबुइ नि ! यहाँ विकासको राजनीति हुँदैछ । राजनैतिक विसङ्गति र विकृतिलाई डाँडो कटाइएछ । आहा ! न त यहाँ प्रजातन्त्रलाई बाँदरको हातमा नरिवलजस्तो बनाइएको छ न कृषि प्रधान देशलाई कुर्सीप्रधान बन्न दिइएको छ । परीक्षामा अनुत्तीर्ण हुनेहरूलाई राजनीतिमा उत्तीर्ण हुन दिने छैन । नेताको नाम लिँदा नाक खुम्च्याउनु पर्ने छैन । शहिद भइसकेको छोरा फर्केर आउने आसामा बसेकी आमाको टट्याइसकेको आँखा र कुँजिएको गोडामा मलम लागेछ बाबै !

यहाँ त यहीँ माटोबाट उदाएका बुद्धका चर्चा हुँदै विश्वभर फैलिएछ र लुम्बिनीमा बौद्ध विश्वविद्यालयको स्थापना भए !

यहाँ त यहीँ माटोबाट उदाएका बुद्धका चर्चा हुँदै विश्वभर फैलिएछ र लुम्बिनीमा बौद्ध विश्वविद्यालयको स्थापना भएछ । विश्वभरिका युद्ध पिपासुहरूलाई ल्याएर सोही विश्वविद्यालयको प्रयोगशालामा मानसिक उपचार गरिएछ । शान्तिको सञ्जीवनी पिलाइएछ । विश्ववन्धुत्वको जडीबुटी दिलाइएछ । आनी छोइङ् डोल्मा, पासाङ, झमक जस्ता धेरै छोरी जन्मिसकेका छन् । यहाँ नालापानी र कालापानीबाट बलभद्र र भक्ति थापा मत्र नभई साह्रा नेपालीमा देशभक्तिको भाव जाग्ने छ । वर्षमा एक दिन बन्द कोठामा भित्र पसेर शहिदहरूप्रति ओठेभक्ति देखाउन छाडिएछ । बरु नयाँनयाँ वीर सपुत जन्मन थालेछन् ।

शहिदको खेती गरेर भकारी भर्न छाडेछन् । नेपाली छाराहरूले खाउखाउँ र लाउँलाउँका उमेरमा कान्छा र बहादुर भएर विदेशका जुठ्यानमा हात डुबाउन छाडेरबरु अब त विदेशीहरू कामको खोजीमा नेपाल आउन थालेछन् । विदेशी नरक ग्रहमा नेपाली नारीहरूले नरकीय पीडा भोग्दै जिउँदो लास बन्न छाडेछन् बाबै !

ऋाहा ! आफ्नो चुहिने घर छाडी अर्काको घर ढलन गर्न धाउन छाडेछन् –नेपाली ।बिताको बास र मुठीको गाँस खाएरै भए पनि नेपालीले माटोमा पोख्ने मुटुको माया बेच्ने छैन रे ! देशका छोराछोरी अब विदेश ओइरिन छाडेछन् र हाम्रो घर आँगन भरिभराउ भएछ । कवि, कलाकार, शिक्षक, कर्मचारी र प्राध्यापकहरूले मेरो सपनाको नेपालमा सपनाम पनि पीडित, अपमानित र तिरस्कृत बन्नु पर्ने छैन । राष्ट्र दुब्लाउने र राष्ट्रसेवक मोटाउने अवस्था आउने छैन । तर झल्याँस्स सपनाबाट विपनाको दुनियाँमा प्रवेश गर्छ र झसङ्ग हुन्छु । फेरि देश उही पुरानो बन्छ । तर कैले बन्ला मैले सपनामा देखेको जस्तो नेपाल ? त्यो दिन आए कति राम्रो हुन्थ्यो है ??

कमलाकुमारी थापा
एमएड, द्वितीय वर्ष, इपिएम समूह,
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस
रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *