वर्ष दिनको तीजमा पनि लिन आउने हैनस् बाबु
जान्छु बिदेश् भन्थिस् भन्न कि घरमा छैनस् बाबु
तीज तिहार् पोहोर् पनि यै घरमा बित्यो बरै
यो तीज नि नजिकियो अब आउने भैनस् बाबु
मैले त मन् बुझाउँथे कान्छी कति रोई होला
लेककी त्यो बैनी पनि किन लिन गैनस् बाबु
वनको बाटो भिरको ठाम भन कसरी एक्लै आम
अर्को साल आएस अब यसैपालि लैनस् बाबु
स्याङ्जाली रमेश
अर्जुन् चौपारि
हाल मरुभूमिको छातीबाट
