Skip to content

जुन फूल रोजेँ मैले


जुन फूल रोजेँ मैले अरू कसैले टिपिदिँदो रैछ
जुन आशा थियो मलाई, छिनभरमै रित्तिँदो रैछ

जुनेलीमा जुन हेर्दै, टोलाउने भयो बानी
दैव पनि निष्ठुरी छ, लायो रोग छानीछानी

मुटुभित्र साँचे अनि, आँखाभित्र राखेकी थेँ
तिमी नै त थियौ मेरो, त्यसैले त बाँचेकी थेँ

सम्झनामा पोल्छ छाती, दुख्छ चस्स मुटु मेरो
सोच्ने गर्थेँ यो संसारमा, तिमी मेरो सेरोफेरो

पीडा बोकी दुनियाँमा म बाँच्न सक्दिन अब
दैव रैछ मेरै विपक्ष, सपना उडाई लग्यौ अब

थुक निल्दै सबैजना कति राम्रो जोडी भन्थे
दैव लाग्यो लग्यो खुसी, बेहाल भयो हाम्रो अन्त्य

कला श्रेष्ठ
कक्षा : ११, मानविकी, मन्थली उमावि

3 thoughts on “जुन फूल रोजेँ मैले”

  1. कला बेटा गजल राम्रो छ ।
    कला बेटा गजल राम्रो छ । यसलाइ पद्य कवता भनेको मिलेन ल । याे ता गजल हो । गजकाे बान्कीमा लेखिएकाे रचना हाे । मलाइ खुसी लाग्याे । सानै बेलमा यतिकाे उच्च रचना गर्ने कला देखेर कलाकाे कलालाइ म हार्दिक प्रशंसा गर्दछु । अघी बढ अघि बढ ।

  2. होमजी, पोस्ट गर्ने बेलामा
    होमजी, पोस्ट गर्ने बेलामा बिधा छान्दा त्रुटी भएको हो; सच्याइएको छ । प्रतिकृयाको लागि धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *