Skip to content

जीवन भनूँ त घात छ


जीवन भनूँ त घात छ मृत्यु भनूँ त सास छ
दोधारमा बाँचूँ कति हर गीतमा चित्कार छ, चित्कार छ

न बास छ न आश छ मान्छेहरूकै त्रास छ
जहाँ म खोज्छु उठुँ भनेर त्यही असारे भास छ

अँध्यारो छ ओरालो छ खेद्‍नेहरूकै लाम छ
चर्किसके चाहना सबै दुख्‍ने मुटु चाहि बाँकी छ

स्वर, संगीत – भक्तराज आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *