जान्न जान्न भन्दै छन्
खान्न खान्न भन्दै छन् ।
खास्सखुस्स रुँदै छन्
आँसुले तन धुँदै छन् ।
आमा बुबु मलाई देऊ
बाबा पापा मगाई देऊ ।
दिदी झोला मेरो खोई ?
नाना नयाँ माग्छ रोई ।
बाबुनानी राजा मेरो
भविष्यको सहारा मेरो
टुकुटु्कु हिँडेर जाऊ
क ख पढी छिट्टै आऊ ।
तिमीले तारा बन्नु छ
सारा दुःख हर्नु छ ।
पूर्व मेची कालीसम्म
झिलिमिली पार्नु छ ।
–शेर्पा आयुर्वेदिक औषधी उद्योग
रौता–९, मुर्कुची, उदयपुर
फोन नं. ०३५४१०००२ मो. नं. ९८०७७३९२०७
सङ्क्षिप्त परिचय
–नाम– तेजनारायण शेर्पा ‘रञ्जन’
–जन्म मिति– २००२ साल बैशाख ११ गते ।
–अध्ययन– शास्त्री
–साहित्य साधना– २०२२ सालदेखि हालसम्म निरन्तर
–साहित्य साधनाको माध्यम– नेपाली, मैथिली, हिन्दी, शेर्पा
–लेखन विधा– कविता, काव्य, संस्मरण, निबन्ध, विविध
–आयुर्वेद विज्ञानको समेत औपचारिक÷अनौपचारिक अध्ययन, खोज, अनुसन्धानमा सक्रिय र आफ्नै वैद्यखाना सञ्चालनमा समेत क्रियाशील ।
प्रकाशित कृति–
१. नेपाली, मैथिली, हिन्दी भाषामा कविता सङ्ग्रह ‘पूर्णिमा’, सन् १९७० ।
२. ‘रौता महारानी भगवतीको चिनारी’ चम्पुकाव्य वि.सं. २०५३ ।
३. ‘अधुरो’ कविता सङ्ग्रह, वि.सं. २०५६ ।
४. ‘कविको कविता मनभित्र’ कविता सङ्ग्रह, वि.सं. २०६९ ।
५. ‘अक्षर’ विविध सङ्ग्रह, वि.सं. २०७३ प्रेसमा ।
प्रकाशोन्मुख कृतिहरू–
१. जडीबुटी विज्ञान
२. शरीर विज्ञान
३. आरोग्य विज्ञान
४. मुक्तिमार्ग
५. ‘घामछायाँ’ कविता सङ्ग्रह ।
