Skip to content

निष्ठुरीलाई एकै पटक हेर्न पाए हुन्थ्यो


निष्ठुरीलाई एकै पटक हेर्न पाए हुन्थ्यो
मेरो माया छ कि छैन केर्न पाए हुन्थ्यो

कस्तो चाहा होला कुन्नी उनको भित्री मन्मा
म त भन्छु अँगालो मै बेर्न पाए हुन्थ्यो

आफै देखी टाढा टाढा भागी जाने मन्लाई
मायाँको त्यो काँडे तारले घेर्न पाए हुन्थ्यो

होसै हुन्न भन्दो रैछ पिरतीको मातमा
जे सुकै होस मनको धोको फेर्न पाए हुन्थ्यो

यो जुनिमा पक्कै संगम हुन्नै भनेदेखि
आफ्नो घाँटी आफैले नै सेर्न पाए हुन्थ्यो

13 thoughts on “निष्ठुरीलाई एकै पटक हेर्न पाए हुन्थ्यो”

  1. निस्ठुरीलाई मन भरी राख्न पाए
    निस्ठुरीलाई मन भरी राख्न पाए हुन्थ्यो
    सधै भरी आँखा भरी राख्न पाए हुन्थ्यो
    टुक्रा टुक्रा भाको मन जोड़न पाए हुन्थ्यो
    कालो कालो कपाल मुनि लुक्न पाए हुन्थ्यो
    त्यों आखामा आफुलाई हेर्न पाए हुन्थ्यो

  2. सासको आशमा बाँचेको बेला
    त्यो

    सासको आशमा बाँचेको बेला
    त्यो मुटुको दुकदुकी सुन्न पाए हुन्थ्यो ।

    स्नेहिल आत्मिय त्यो छविलाई
    छातीभित्र कुदन पाए हुन्थ्यो ।

  3. होसै हुन्न भन्दो रैछ पिरतीको
    होसै हुन्न भन्दो रैछ पिरतीको मातमा
    जे सुकै होस मनको धोको फेर्न पाए हुन्थ्यो

    सुनील जी,

    हाम्रो भेट नेपाल चौतारी मा हुन छाड्यो
    तपाईको ग़ज़ल मझेरीमा पढ़न पाउदा “मेरो साथीको लोग्ने”
    को स्मरण पुन गरायो ।

    अब यसरी नै तपाईका रचनाहरु विधुतीय चौतारीहरुमा
    संप्रेषित हुदै जाउन , र पढ़न पाईरहौँ ।

    कृष्ण थापा

  4. आफै देखी टाढा टाढा भागी जाने
    आफै देखी टाढा टाढा भागी जाने मन्लाई
    मायाँको त्यो काँडे तारले घेर्न पाए हुन्थ्यो

    sarhai ghat lagyo sunil jee , keep it up .

  5. adarniya mera pathakharu
    adarniya mera pathakharu tapaiharule mero gajal lai ramro sanga padhera comment pathaunu vayako ma hardik dhanyabad. auda dinharuma ajha ramra rachanaharu lekhne protsahana mileko chha.

    sunil sangam

    sunil_sangam@yahoo.com

  6. tapai ko gajal le sarai
    tapai ko gajal le sarai nai man chhoyo tapai ko geet pani suneko chhu tetikkai ramro lagchha. bishes sun pagalna bhanda man pagalna garo raichh.
    bindu

  7. सार्है मार्मिक गजल छ
    सार्है मार्मिक गजल छ निष्ठुरीको झूठो मायाले भयाभह बनाउंदाको पिडा हो यो!

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *