सुनसान भइसक्यो


सुनसान भइसक्यो, अँझै निद्रा परेन
आधारात गइसक्यो, अँझै निद्रा परेन ।

पीडाले छट्पटिँदा, बर्ररी आँसु झरे
गाला पूरै धोइसक्यो, अँझै निद्रा परेन ।

विगत्मा गरेका तिता मिठा याद् आउँदा
शीतले भूइँ छोइसक्यो, अँझै निद्रा परेन ।

एक्लैएक्लै बसी बिलौना गर्दाखेरी
आकास सारा रोइसक्यो, अँझै निद्रा परेन ।

जति आँखा चिम्ले पनि परेलीमा उनी छिन्
कुखुरी काँ बाइसक्यो, अँझै निद्रा परेन ।

घायल कार्की राजन
सित्तलपाटी – २, सिन्धुली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *