तिमीले कहिल्यै सम्झिनौ
मलाई
अहँ केही गुनासो छैन
मैले फुल दिदा तिमीले काडाँ दियौं
तैपनि
अहँ तिमीसँग
केही गुनासो छैन
मैले बारम्बार कल अनि एस.यम.एस गर्दा
तिमीले कहिल्यै रिप्लाई गरिनौ
त्यसमा पनि कसम
मेरो केही गुनासो छैन
मैले तिम्रो नजरमा नजर जुधाउँदा
तिमीले कहिल्यै फर्केर हेरिनौ
त्यसमा पनि मेरो,
कसम केही गुनासो छैन ।
छ केवल गुनासो त साथी
स्वयम आफ्नै मन अनि मुटुसँग छ,
तिमीले फुल कुल्चेर हिड्दाखेरी
पीडा बोध नगर्नी यो अजानी मुटु
अनि
तिमीले बचनका बाणहरू
प्रहार गर्दा समेत
तिम्रै पिछा गर्न नछोड्ने
यो मुर्ख मनसँग
धेरै गुनासो छ।
र आज आफ्नै मन मुटुसँग
युद्ध गरिरहेछु
जितेर जानु छ कतै
आफ्नै मन मुटुलाई
किनकि
तिमीसँग सदाकालागि
टाढा हुन
मलाई आफ्नै
मन मुटुदेखि
टाढा हुनुपर्नेछ ।
मदन मुस्कान
