Skip to content


भिजाउँदै माटो रगतले जब ढल्दछ
हाँस्दछ शहिद मनले जंजीर चुड्दछ ।

शहिदको रगतले बनेको देश नेपाल
हृदयबाट शहिदलाई सम्झौं जय नेपाल ।

फुल्दछ मोती माटोमा शहिदको रगत सिंचेर
चम्कन्छ ज्योति धर्तीमा अँध्यारो रात चिरेर ।

वीर शहिदको नामले नेपाल नाम लेखियो
शहिदको नामले आज राष्ट्रियता गाँसियो ।

चम्कन्छ शहिद मुस्कन्छन् चन्द्रमामा पुगेर
एकातामा एकत्रित भएर शहिदलाई सुम्पेर ।

चित्कार जब गुञ्जन्छ धर्ती र आकास छिचोल्दै
सुनेर शहिद झन् रून्छन पीडाको आँसु बगाउँदै ।

धर्मेन्द्र धामी
दार्चुला, महाकाली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *