Skip to content

तिम्रो याद


हिंड्ने बाटो अँधेरै लाग्छ तिम्रो याद आएपछि
सॉंझ गोधुलि सुनसान छा’छ तिम्रो याद आएपछि

दिन त बिते कति कति सायद वर्षौं भयो,
आँखा अँझै रसाइरा’छ तिम्रो याद आएपछि

आफ्नै संसारमा रम्दै हौली बिर्सिएर सायद मलाई,
मेरो छिया छिया भा’छ छाती तिम्रो याद आएपछि

फेरियो होला जिउडाल तिम्रो अनि रुप पनि,
मलाई भने उस्तै ला’छ तिम्रो याद आएपछि

थाम्नै गहारो हुँदोरहेछ आशबिना सास पनि,
आत्मा छटपटाइरा’छ तिम्रो याद आएपछि

तुलसिंह नेपाली
दैलेख डाडापराजुल -२ पाँकोट
हाल यूएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *