Skip to content

म यस्तो शहरमा छु


म यस्तो शहरमा छु आमा
जुन शहरमा
मान्छेहरू छ्न
मानवता छैन,
मन्दिरहरू छ्न
भगवान छैन,
बाटाहरू छ्न
गन्तव्य छैन,
तर पनि पलपल मरेर
बाचिरहेको छु आमा यही शहरमा !

खै कसरी बयान गरूँ आमा
म यो दानव शहरको
यो परिस्थिति अनि मेरो,
खुल्याम लुटिन्छ राजधानी मै
पुलिस अगाडि पुलिसहरूबाटै,
मन्दिर अगाडि पुजारीहरूबाटै,
मनुष्य अगाडि मनुष्यहरूबाटै,
न कसैले देख्छ
न कसैले सुन्छ
न कसैले बोल्छ
तरपनी लाग्छ आमा
यी नक्कली कपटि चेहराहरू
बिरकुल मनुष्यहरूको जस्तै !!

यो ब्यापारै ब्यापारको शहर हो आमा
यहाँ जिन्दगी देखि मृत्युसम्मको ब्यापार हुन्छ,
सबै मनुष्यहरू बेचिएका छ्न एक अर्कोसँग,
प्रमाणपत्रको आधारमा,
लेप्चाको आधारमा,
मौखिक आधारमा,
हो आमा म पनि बेचिएको छु
यही शहरमा
उनीहरू जस्तै
तर फरक यत्ति छ आमा
उनीहरू अरुसँग बेचिएका छ्न
म उनीहरूसँग बेचिएको छु !!!

मदन मुस्कान
दाङ नेपाल

1 thought on “म यस्तो शहरमा छु”

Leave a Reply to thirsty heart. Cancel reply

Your email address will not be published. Required fields are marked *