Skip to content

अविश्वासले सीमाना नाघेपछि


अविश्वासले सीमाना नाघेपछि हारेँ
खाँदै नखाएको विष लागेपछि हारेँ

पिरतीमा धोका खाएँ अनि मुद्धा हालेँ
दिल चोरेको प्रमाण मागेपछि हारेँ

खुशी सब एकाएक पराई भएपछि
नैराश्यता मन भित्र जागेपछि हारेँ

जस्तै परिस्थितिसँग लड्थे साथ भए
मैदानबाट तिमीले भागेपछि हारेँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *