Skip to content

मलाई नै चुनेर (गजल)

LakpaSherpaSamarpit


मलाई नै चुनेर, माया सार्यौ नशा नशा
मेरै तस्वीर उनेर, माया सार्यौ नशा नशा

तिम्रै याद सजिएको छ यो मेरो हृदयमा
मिठो सपना बुनेर माया सार्यौ नशा नशा

कल्कलाउदो तिम्रो सोह्र वर्षे जोवन
मुटुमा मलाई थुनेर माया सार्यौ नशा नशा

मनको कुरा तिमीलाई सुनाउन नसक्दा
चाहा मनको सुनेर माया सार्यौ नशा नशा

लाक्पा शेर्पा समर्पित
काठमान्डौ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *