Skip to content

सोहवर्षे जवानीमा (गजल)


सोहवर्षे जवानीमा अठारको कुरा नगर
तिमी यौवन बेच्ने बजारको कुरा नगर

एकै नजरमा मन पर्यो माया बस्यो
तिम्रो त्यो हसिलो मुहारको कुरा नगर

मुसुक्क हाँसी आँखा मारी तन मनमा बसी
दन्तै लहरसरी अनारको कुरा नगर

आफै खाऊ आफै लाऊ भन्ने यो छ सोच बेकार
कर्तव्य बिर्सी आफ्नो अधिकारको कुरा नगर

लाक्पा शेर्पा समर्पित
काठमान्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *