किशोर किशोरी पनि, ताडासन छिन-छिन ।
उँभिएर सोपानमा, गर्नु पर्ने हरे ! किन ?
केटा-केटी ब्रिद्ध-ब्रिद्धा, एकै सास माथि चढ्छन् ।
किशोर किशोरीहरू, थाकेर विश्राम गर्छन् ?
भुर्र भुर्र उफ्री-उफ्री, छिटो छिटो सोपानमा ।
पुगौं यौगिक बलमा, खुर्रखुर्र शिखरमा ।
उठी ब्रह्म मुहूर्तमा, प्रात: काल प्रति दिन ।
अगिबाटै पुगि केन्द्र, बसौं ब्रह्मानन्द लिन ।
सबै साधक साधिका, योगारूढ एकाग्र छन् ।
मौन मुख मण्डलमा, प्रेक्षाध्यानी प्रज्ञानी छन् ।
विविध आसन गर्दा, स्वेदले वस्त्र भिजाए ।
क्रित्रिम साधन फाले, सौन्दर्य रूप बढाए ।
कोपिला फक्रन बाँकी, फक्रेका पनि धेर छन् ।
फक्रेर ओइलाएका, यहाँ अनेक पुष्प छन् ।
राता सेता कति राम्रा, छिर्बिरे हरिया ती झन् ।
लह-लहाउँदा फूल, मनमोहक सबै छन् ।
श्वेताम्वर धारी पनि, देखिन्छन् नि कताकति ।
प्राणायामको वायुमा, झुलेका छन् यता उति।
योग सौन्दर्य बाटिका, पुष्पित पुष्प अर्पण ।
पुलकित पुष्पान्जलि, प्राणायाम समर्पण ।
शिरको केश गुच्छामा, भुनभुन भुनभुनाई।
मधुर संगीत गरी,भ्रमर नाचे रमाई ।
भद्रासनमा बसेर, पुतलीसँगै ती उडे।
श्वाँश्वाँ फुकि-फुकी श्वास,सबैको तनाव उडे ।
पद्मराज काफ्ले
