फगत् आँसु बगायौ यो दिल दुखाएर तिम्ले
बदलामा के पायौ यो दिल दुखाएर तिम्ले
तिमी बिना सक्दिन जिउन भन्दै हिड्ने मान्छे
झुटो कसम खायौ यो दिल दुखाएर तिम्ले
फूल चाहर्दै डुलेसरी भमरा झै फूलमा
के मायामा भूलायौ यो दिल दुखाएर तिम्ले
सँगै मर्नेसँगै बाँच्ने कसमको खातिरमा
खै कसरी रमायौ यो दिल दुखाएर तिम्ले
माहिर रहेछौ प्रेमको नाटक गर्न तिमी
हेर्दाहेर्दै सिध्यायौ यो दिल दुखाएर तिम्ले
घनश्याम शर्मा पौड्याल
रानीपौवा, पोखरा
