चञ्चले मन भुल्यो मायाको रहर चल्यो
कसलाई पर्खेछ जोवन
को होला मेरो मायालु लैबरी मेरो मायालु
कोपिला फूलको सजाउँछ सपना बहार आउने आशमा
जोवन मेरो सजाउँछ सपना कसैको आउने आशामा
को होला मेरो मायालु लैबरी मेरो मायालु
बादल छायो संदेश ल्यायो सावनको हो कि मायाको
कस्तो अनौठो हलचल जाग्यो मेरो मनको आँगनमा
को होला मेरो मायालु लैबरी मेरो मायालु
पहाडबीचको सेतो खोला मेरो चोखो सिउँदो झैं
कोही आई सजाइदेला दुलहीसरी सिन्दुरले
को होला मेरो मायालु लैबरी मेरो मायालु
स्वर – आशा भोषले
संगीत – रनजीत गजमेर
चलचित्र – मायालु
