Skip to content

आफैलाई भार भयो आज आफ्नै जिन्दगी


आफैलाई भार भयो आज आफ्नै जिन्दगी
कहाँ गई बिसाऊँ म निरस यो जिन्दगी

जहाँ जाऊ म लुटिन्छु सधैँ आफन्तबाट ठगिन्छु म
बिना मोलतोल यसै जथाभावी बेचिन्छु म
बेवारिशे लाश जस्तै हेला भयो जिन्दगी

नटुसाउदै गली मर्छन मेरा मनका इच्छाहरू
काढै-काढा बिछिएको छ मैले टेक्ने ठाउँहरू
टुहुरोको आँसु जस्तै सस्तो भयो जिन्दगी

स्वर – रबिन शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *