पिएको मातमा पीडा बढी हुन्छन्
छ ठेला हातमा पीडा बढी हुन्छन् ।
तिमी बस्ने कहाँ होला? खबर देऊ
म भेट्छू घातमा पीडा बढी हुन्छन् ।
हुँदा ऊ बोटमा धेरै खुशी देख्थें
झरेको पातमा पीडा बढी हुन्छन् ।
सयौं तारासँगै खस्छन् यहाँ आँसु
त्यसैले रातमा पीडा बढी हुन्छन् ।
सधैं यो जिन्दगी ‘घायल’ भयो मेरो
बचनको खातमा पीडा बढी हुन्छन् ।
अलऐन, युनाईटेड अरब ईमिरेट्स
©घायल ०५/०१/२०१७
बहर: हजज मुसद्दस सालिम
मफाईलुन्, मफाईलुन्, मफाईलुन्
1222 1222 1222
