Skip to content

रातो पछ्यौरीमा (गजल)


रातो पछ्यौरीमा बैस लुकाएर आयौ
नशालु तिम्रा नयनहरू झुकाएर आयौ

धेरै धेरै कुराहरू ओठमा आउन नसक्दा
आफ्नो मनका बात फुकाएर आयौ

नुहाएर चट्ट बनी मेरै निम्ति आज
घाममा चिसो कपाल सुकाएर आयौ

माइतीमा नबसी जिम्मेवारी पुर्याउन
उताको नाताहरू चुकाएर आयौ

राम्रो जीवन बिताउन दुनिया सामु
भविष्यको चाँजोपाँजो जुराएर आयौ

तिर्खा लाग्यो पानी खाए भन्दै तिमीले
ताल र खोलाहरू सुकाएर आयौ

लाक्पा शेर्पा समर्पित
काठमान्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *