Skip to content

जिन्दगीले सही बाटो


जिन्दगीले सही बाटो बिराए झैं लागेको छ
आनन्द र खुसीयाली गुमाए झैं लागेको छ

मीठामीठा स्वप्नाहरू तितरवितर भए सबै
कताबाट आँधी आयो उडाए झैं लागेको छ

कस्को आँखा लाग्यो कुन्नि हराभरा संसारमा
उमङ्ग र आशा समेत बगाए झैं लागेको छ

अनगिन्ती प्रहारले चिरा पार्यो हृदयलाई
नियतिले तीखो छुरी चलाए झैं लागेको छ

घरिघरि झुक्क्याएर धोका दियो समयले
किन किन दैव पनि रिसाए झैं लागेको छ

-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *