विज्ञानको जमानामा के खोज्ने जान्नुपर्यो
सबै उस्तै जस्तो आछ के रोज्ने जान्नुपर्यो
हामी चाहन्छौ राम्रो, धेरै अनि सस्तो पनि
सबै देखाउने होइन के छोप्ने जान्नुपर्यो
कहिलेकाही बुढापाकाको कुरा पनि सुन्ने गर
जानेजस्तो गर्छौ, तर के रोप्ने जान्नुपर्यो
आजकलका नेपालीहरू अलि बढी कुरा गर्छन
व्यवहार शून्य छ र त के भोग्ने जान्नुपर्यो
घरमा के छ को छन नबिर्स औकात आ-आफ्नो
त्यही बिर्सिन्छौ र पो के पोख्ने जान्नुपर्यो ।
