आँखा-आँखा बोलिरहे ओठले बोल्नै सकेन
भोक प्यास निद हरायो आफ्नो मुटु आफ्नै भएन
पहिले किन भनेनौ
तिमीले किन भनिनौ
मुटु मुटु साटौं भनेर
आकाशलाई सोध तिमीलाई कति चाहन्थें
साक्षी छन् जूनतारा कति रात जागी बसेथें
रहर गुम्सिरह्यो माया गर्छु भन्नै सकिन
तिम्रो केशमा हराई सुस्तरी बोल्न चाहन्छु
अंगालोमा बाँधी हरपल ती अधर पिउन चाहन्छु
तिम्रो छातीमा निदाई सारा पीर भुल्न चाहन्छु
स्वर – उदितनारायण झा, दीपा झा
संगीत – भूपेन्द्र रायमाझी
चलचित्र – चोट
