यहाँ उन्नतिका ढोका
चारैतिर खुला रहुन ।
पौरखीहरुका हात
निर्माणमा जुटिरहुन ।।
टाढा जानेहरू आउन
मातृभूमि सजाउन ।
पसिना यहीं पोखेर
जिन्दगी यो हँसाउन ।।
राष्ट्रघाती सबै झार
उखेली फाल्नु पर्दछ ।
सम्पूर्ण जातका फूल
मस्तभै हाँस्नु पर्दछ ।।
सुख र शान्ति वर्षाई
नेपाली घर आँगन ।
नयाँ वर्ष यहाँ आओस्
उज्यालो पारी जीवन ।।
कवि पित्ताम्बर नेपाली
पोखरा
२९ चैत्र २०७३
(कवि जनप्रिय बहुमुखी कलेजपोखराका पूर्व क्याम्पस प्रमुख हुन।)

मित्र यसलाइ कसरी गद्य कविता
मित्र यसलाइ कसरी गद्य कविता भन्नु भो । भुल्नु भो होला । कविता सुन्दर छ । तर गद्य हैन पद्यमा छ अनुष्टुप छन्दमा पो देखिन्छ त ।
निब नमस्कार यो कसरी गद्य
निब नमस्कार यो कसरी गद्य कविता भयाे र । अनुष्टुप छन्द देखिन्छ त ।
सच्याइएको छ, होम सर । धन्यवाद
सच्याइएको छ, होम सर । धन्यवाद !