Skip to content


दुख्दै छ आज छाती बल्झेर याद तिम्रो
बग्दै छ अश्रुधारा छल्केर याद तिम्रो

टाढा भएर के भो छाया मसाथ नै छ
ब्यूँझै छ रातरातै झस्केर याद तिम्रो

बज्दैन धून मीठो सङ्गीत छैन मीठो
गाह्रो भएछ बाँच्नै सर्केर याद तिम्रो

तारा र जून हेर्दै बित्दै छ रात सारा
लेख्दै छु सेर यौटा कल्पेर याद तिम्रो

2 thoughts on “याद तिम्रो”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *