Skip to content


मन दिएँ बचन दिएँ
सम्झी तिमीलाई मेरै,
थाप्न छोड्यौ हात तिम्ले
दिनु थियो धेरै !

संसार त्यागी तिम्रो लागि
पागल हुँदा पनि,
ठानिनौ तिम्ले रतिभर
आफ्नो मान्छे भनी !

जब तिमीले हेर्नै छाड्यौ
अनि दुख्यो चित्त,
मान भित्रका सारा पीडा
पोखनु कोसित!

एकान्तमा हराइरहन्छु,
टोलाइरहन्छु यति,
तिमीले खाएका झुटा बाचा,
नमेट्टिदा रति !

Leave a Reply

Your email address will not be published. Required fields are marked *