Skip to content

धरती र गगन फिर्ता देऊ


यो मुटुको धरती र गगन फिर्ता देऊ
हरसाँझ बगाएको सावन फिर्ता देऊ

कु-बेलामा हिसाब खोज्न आउनेहरू
जोवन फिर्ता देऊ ! र मन फिर्ता देऊ

जहाँ खुशी नफक्रँदै ओइलाउँछ भने
हे! भगवान मलाई वच्पन फिर्ता देऊ

सबथोक देऊ बाँकी नहुन केही पनि
मबाट हरेको नाम-वतन फिर्ता देऊ

मुख्य कुरा जाँदाजाँदै मैले तिमीलाई
त्यो बेलामा दिएको वचन फिर्ता देऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *