Skip to content

खै कहाँ छ गणतन्त्र ?


जननी जन्मभूमिश्चको पीडामा
म छटपटाइरहेथे
मनमा मक्किएका मनका चिर्पटहरू
एका विहानै गर्ल्याम गुर्लुम ढलेका थिए
तगारो नाघेर
गभिर्नी देश प्रसब पीडामा रन्थनिदै थियो
कहिले खेदिएर कहिले बेपत्ता पारिएर
कहिले बन्धी भएर म जुधिरहेथे
ठिक त्यसैबेला अत्तालिदै मेरो माटोले
मसँग सुटुक्क आएर भन्यो
गणतन्त्र झन झन खिइदैछ रे दुब्लाउदै छरे ?
देशभक्तिका मेरा नयनहरू लोलाए
मुटु धट्किन थाल्यो अनि चिच्याउदै भन्न थाले
खै कहाँ छ गणतन्त्र ?
कुमारी आमाको घाउ ओभाएको छैन
भाउजूको पोछिएको सिन्दुर
आमाको रित्तिएको काख
बाबाका लिलाम भएका सपनाहरू
बिस्तारै ढल्कन लागेको घामतिर अस्थाउदै छन्
पहाडको छेउछाउमा अर्कैले बालेको आगो तापेर
दुर्जनहरू पिठ्यु सेकाउदै छन्
शहीदका समाधीहरुमा पुष्प गुच्छाहरू मात्र छर्केर
तुहाउदैछन् सपनाहरू चितामा
युग बदल्न शहीदले बगाएका
आला रगतका फाल्साहरू बोकेर
सन्न सन्न वसन्त चिहान कुरेर बर्बराइरहेछ
तिमीले हर्ष उल्लास गरेको चौतारी
पहाडको चेपमा मुन्टो घुसारेर रोइरहेछ
अँझै पनि तर
खै कहाँ छ गणतन्त्र ?
आँशुको तलाउमा डुबेर रोगी घाम ओढेर
सहाराबिना मृत्यु कुरिरहेका टुहुराहरू
सुस्ता र कालापानीमा खोसिदै गरेका
शहीदका सपनाहरू
लुटिदै गरेको सीमानामा चेलीको अस्मीता
बेचिदै गरेका खाडी मरभूमिमा सन्तानहरू
मानव स्वतन्त्रताको शिर छेदन गरेर
मुर्कुट्टालाई पूजा गरिरहेका छन्
कृष्णपक्षको जुनको आकृति झै घट्दै घट्दै जादैछ
बचेको थोरै स्वाभिमान पनि
वर्षौ देखि सुकाएर घाँटी
फुकाएर एक मुठी सास चिच्याइरहेछु
म रङगमञ्चमा र भनिरहेछु –
“खै कहाँ छ गणतन्त्र ?”

दीपा धिताल

1 thought on “खै कहाँ छ गणतन्त्र ?”

  1. जननी जन्मभूमिश्चको पीडामा

    जननी जन्मभूमिश्चको पीडामा
    म छटपटाइरहेथें
    मनमा मक्किएका मनका चिर्पटहरू
    एका बिहानै गर्ल्यामगुर्लुम ढलेका थिए
    तगारो नाघेर
    गर्भिणी देश प्रसवपीडामा रन्थनिदै थियो
    कहिले खेदिएर कहिले बेपत्ता पारिएर
    कहिले बन्दी भएर म जुधिरहेथें
    ठिक त्यसैबेला अत्तालिदै मेरो माटोले
    मसँग सुटुक्क आएर भन्यो
    गणतन्त्र झन् झन् खिइदै छ रे दुब्लाउँदै छ रे ?
    देशभक्तिका मेरा नयनहरू लोलाए
    मुटु धड्रकिन थाल्यो अनि चिच्याउँदै भन्न थालें
    खै कहाँ छ गणतन्त्र ?
    कुमारी आमाको घाउ ओभाएको छैन
    भाउजूको पुछिएको सिन्दुर
    आमाको रित्तिएको काख
    बाबाका लिलाम भएका सपनाहरू
    बिस्तारै ढल्कन लागेको घामतिर अस्ताउँदै छन्
    पहाडको छेउछाउमा अर्कैले बालेको आगो तापेर
    दुर्जनहरू पिठ्युँ सेकाउँदै छन्
    शहीदका समाधीहरुमा पुष्प गुच्छाहरू मात्र छर्केर
    तुहाउँदैछन् सपनाहरू चितामा
    युग बदल्न शहीदले बगाएका
    आला रगतका फाल्साहरू बोकेर
    सन्न सन्न वसन्त चिहान कुरेर बर्बराइरहेछ
    तिमीले हर्ष उल्लास गरेको चौतारी
    पहाडको चेपमा मुन्टो घुसारेर रोइरहेछ
    अँझै पनि तर
    खै कहाँ छ गणतन्त्र ?
    आँशुको तलाउमा डुबेर रोगी घाम ओढेर
    सहाराबिना मृत्यु कुरिरहेका टुहुराहरू
    सुस्ता र कालापानीमा खोसिदै गरेका
    शहीदका सपनाहरू
    लुटिदै गरेको सीमानामा चेलीको अस्मिता
    बेचिदै गरेका खाडी मरूभूमिमा सन्तानहरू
    मानव स्वतन्त्रताको शिर छेदन गरेर
    मुर्कुट्टालाई पूजा गरिरहेका छन्
    कृष्णपक्षको जूनको आकृति झै घट्दै घट्दै जाँदैछ
    बचेको थोरै स्वाभिमान पनि
    वर्षौदेखि सुकाएर घाँटी
    फुकाएर एक मुठी सास चिच्याइरहेछु
    म रङगमञ्चमा र भनिरहेछु –
    “खै कहाँ छ गणतन्त्र ?”

    कविता अति नै उत्तम भाव भएकाे निकै सामयिक र यथार्थकाे धरातलमा अडेकाे देखियाे । यसका लागि नानुलाइ बधाइ छ । धेही त्रुटि रहेछन्र । बरू सकिन्छ भने याे मैले सच्याएकाे कवितालाइ रिप्लेस गरे म खुशी हुने थिएँ बुनु ।
    अन्यथा नलिनु हाेला ।

Leave a Reply to HomSuvedi Cancel reply

Your email address will not be published. Required fields are marked *