हाँस्नु मात्र हैन जीवन, रूनु पनि पर्छ एक दिन
फक्रिएको फूल पनि त, ओइलिएर झर्छ एक दिन
धनी-गरिब जे भए नि, सबै उस्को खेल हो यो,
धैर्य राख ईश्वरले नि तिम्रो दु:ख हर्छ एक दिन
आफ्नै हात हतियार बनाई, यो समाजमा जियौ भने,
यही कलमको मसीले नि, नगर्ने काम गर्छ एक दिन
भाग्यलाई दोष दिएर, जिउदो लास भई बाँच्नुभन्दा,
नडराई अघि बढ, दुखी जीवन टर्छ एक दिन
दु:ख कष्ट जे पर्दा निमुस्कुराइदेऊ यदि भने
साथी तिम्रो साहस देखी, दैव पनि डर्छ एक दिन
हरी गौतम (अर्घाखाँची)
खनदह-३
हाल-भारत

सुन्दर रचना
सुन्दर रचना