मनले ठिक हुनै दिन्न बेठिकबाट मलाई
नपत्याए हेर्नुस् आई नजिकबाट मलाई
सडक हुँ आऊ कुल्च यो छातीमा के भो र?
छैनन् धेरै पाउने आश पथिकबाट मलाई
भो भो माया नदेखाऊ तिमी आई छेउमा
धोका मात्रै मिलेको छ अधिकबाट मलाई
प्रवासमा कमाउँछु काठमाण्डौले लुटेको छ
मालिक बन्न नदिने भो श्रमिकबाट मलाई
जिन्दगीमा सिकेकोछु ‘घायल’ भएपछि धेरै
प्रेरणा चैं मिल्छ धेरै निर्भिकबाट मलाई
उमाकुण्ड गाउँ पालिका-६, रामेछाप
हाल: अलऐन, युएई
