चाहिंदैन जित बरू, स्वीकार गर्छु हार मलाई
तिमी खुसी भइदिए, नदिनु भो प्यार मलाई
बीच बाटोमा देखी कहिले, तिव्र घृणा जाग्यो भने
सहन्छु म अँझै पनि, दिनु पीडा हजार मलाई
साँचो माया गरी तिम्लाई, ठुलै गल्ती गरेकै थें
अँझै मन नभरिए, घोषित गर्नु गद्दार मलाई
रहर छैन बाँच्न पनि, तिमी मेरी नभएसि
झुक्याएर दैवले ‘नि, लाग्छ गरोस् प्रहार मलाई
आफ्नै मुटु टुक्रा बनाई, पलपल तड्पी बाँच्नुभन्दा
हे ईश्वर लैजाऊ आजै बरू, मृत्यु छ स्वीकार मलाई
हरि गौतम (अर्घाखाँची)
खनदह-३
हाल- भारत
