कसैको त आज भयो कसैको त भोलि हुन्छ ।
हार्ने रुन्छ जित्नेको त उत्सवमा होली हुन्छ ।
हारियो लौ आज भन्दै हरेस खान्छ जसले
जीवनमा उसको सधैं आँसुको नै खोली हुन्छ ।
फलाम पनि गल्न सक्छ पत्थर पनि पक्कै घुल्छ
सधैँ जित हुन्छ जहाँ नम्र मिठो बोली हुन्छ ।
बोल्नुपूर्व सोच्नुपर्छ, बौल्दै के छु ? किनभने
तीरभन्दा बिझाउने वचनको गोली हुन्छ ।
बोली तिम्रो गोली बने होली हन्न भोलि पनि
छाडी जान्छन् सबै साथ बाँकी यौटा सोली हुन्छ ।
– दीपक घिमिरे ‘अल्पभाषी’
सुनवल–१ नवलपरासी
