Skip to content


कहिले आउँछ होला त्यो एकदिन
जहाँ भारी नहोस् यो जीवन
जहाँ एउटै बनोस् बिपना सपना
अनि बैरी नहोस् आफ्नै मन

भीडमा खोजुँ कि एकान्तमा खोजुँ
शिशिरमा खोजुँ कि वसन्तमा खोजुँ
दैव हे, त्यो सपनाको गाउँ
छ कहाँ मलाई देखाऊ

उडाउँछौ कहिले आकाशमा बादल सरी
झारी दिन्छौ फेरि किन बनाई झरी
बग्छु म फेरि पनि खहरेकै भेल बनी

लहरहरू दियौ सागर छ खै कहाँ
सपनाहरू दियौ संसार खै कहाँ
दैव हे, त्यो सपनाको गाउँ
छ कहाँ मलाई देखाऊ

शब्दः कालीप्रसाद बासकोटा, सविन एकतारे
स्वरः सनुप पौडेल
संगीतः कालीप्रसाद बासकोटा
चलचित्रः मञ्जरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *