Skip to content

अन्तै माया साटेपछि


खै कसरी विश्वास गरुँ ढाँट्नुसम्म ढाँटेपछि
केको आफ्नो हुन्थ्यो अब अन्तै माया साटेपछि

खुसुखुसु फुत्काइदिएँ भएजति कुरा सबै
कस्को के नै लाग्दो रैछ दिमाग नै चाटेपछि

नगरे नि हुन्छ अब फेरि कुनै नयाँ नाटक
के नै बाँकी रह्यो र खै रातै अन्त काटेपछि

लुगा जस्तो होइन रैछ मानिसको भित्री मन
सिउन धेरै गाह्रो हुन्छ एकचोटि फाटेपछि

पाउँछु होला अरु कोही हुन्छ होला संगम पनि
नहुने नै के पो छ र मर्दले नै आँटेपछि

9 thoughts on “अन्तै माया साटेपछि”

  1. Sangamjee,
    Great GAJAL.

    Sangamjee,

    Great GAJAL. >:D< But truely, I won't write "नहुने नै के पो छ र मर्दले नै आँटेपछि" this line. I feel, it has burned all the softness. Please be treated this as a creative comment but not intened for harassment. Alok

  2. ”खै कसरी विश्वास गरुँ
    ”खै कसरी विश्वास गरुँ ढाँट्नुसम्म ढाँटेपछि
    केको आफ्नो हुन्थ्यो अब अन्तै माया साटेपछि”
    कसरी त्यस्तो गर्न सक्ने होला है मान्छेहरु जो हुन्च त्यस्तो मोस्ट स्टुपिड चै हो मुटु चिरा चिरा पार्ने रहेच साह्रै मनपर्यो।
    ” पाउँछु होला अरु कोही हुन्छ होला संगम पनि”–निकै मार्मिक यो लाइन
    नहुने नै के पो छ र मर्दले नै आँटेपछि”–अनि कति बिध्न अहम त संगम जी? 🙂
    -आश्मा

  3. अलोक तथा आस्मा जी कमेन्टको
    अलोक तथा आस्मा जी कमेन्टको लागि धन्यवाद छ तपाईंहरुलाई ।

    सुनिल सँगम
    sunil_sangam@yahoo.com

  4. खै कसरी विश्वास गरुँ
    खै कसरी विश्वास गरुँ ढाँट्नुसम्म ढाँटेपछि
    केको आफ्नो हुन्थ्यो अब अन्तै माया साटेपछि
    this is really great gazal sangam ji. this line is really tuch my heart. i think sangam ji ur fall in love……………………

    mc vibasa

  5. के हि कुरा ढाट्दै मा ,रात
    के हि कुरा ढाट्दै मा ,रात अन्त काट्दै मा, हराउने माया कस्तो ?
    जुनि जुनि बिताउने ,बिश्वास नडग्मगाउने , बाचा भए कती सस्तो?

    तिमीले त मर्द भनी ,माया पनि फेर्छु भन्छौ,
    प्रेम पनि बनेछ है ,फेरिने त्यो लुगा जस्तो,

    माया कहाँ साटिन्छ र? साथी हरु भेटेकी हुँ ,
    मन भित्र तिमी मात्र,अझै उही प्रेमी जस्तो,

    तिमी पनि साथी सँग ,कती रात अन्तै काट्योउ ,
    खोइ त मैले तिमीलाई ,कैले आरोप लाए एस्तो?

    नाटक नै भन्छौ भने ,के पो भनु मैले पनि ,
    तिमीलाई त माया मैले गरेकै छु ,पहिले जस्तो,

    कहिले होला सम दृष्‍टि ,नारी पुरुष को एहा,
    संका का ति आँखा हरु, माया पनि कती सस्तो।

    सुनिल जि, मैले दोहोरी लेखिदिएको है त ,माइन्ड त गर्नु हुन्न होला नि है, अब गजल नै लेख्न अली आउँदैन, तपाईंको गजल मन पर्‍यो ,मेरो दिमाग मा एस्तै फुर्यो ।

  6. लुगा जस्तो होइन रैछ मानिसको
    लुगा जस्तो होइन रैछ मानिसको भित्री मन
    सिउन धेरै गाह्रो हुन्छ एकचोटि फाटेपछि
    वाह! सुनील जी क्या बात छ !

  7. सटिक र सरल शब्द चयन गर्नुभएको
    सटिक र सरल शब्द चयन गर्नुभएको छ। त्यो राम्रो छ!

    — कुमार

Leave a Reply to kbs Cancel reply

Your email address will not be published. Required fields are marked *