Skip to content


केटी: मनको हुन्न केही भर हैन र ?
केटा: मायामा हुन्न केही डर हैन र ?
केटी: यो मनलाई त्यो मनको खबर छैन र ?
केटा: मायामा बग्दै जाने रहर छैन र ?
रातले जुनलाई चाहे जस्तो
दिनले घामलाई पाए जस्तो

केटा केटी:
अजम्बरी लाउँला पिरती

केटी: लुकामारी खेल्छ किन घाम र जुन ?
केटा: अनि पो हुन्छ रात र दिन
आफ्नै आकाश आफ्नै धर्ती
अनि हाम्रो आफ्नै होला साँझ बिहान
केटी: खै केले खै केले खान्छ नि खै केले खान्छ
नि कुटु कुटु मन मेरो किन?
कैले तितो कैले मिठो
यस्तो कथा रैछ माया मुटुको सुन
केटा: घामपानीले मायालाई छुन्छ र ?
केटी: हो माया को रंग मधुरो हुन्छ र ?
यो मनलाई त्यो मनको खबर छैन र ?
केटा: मायामा बग्दै जाने रहर छैन र ?
किनाराले नदीलाई डोर्याए जस्तो
नदीले सागर पाए जस्तो

केटा केटी:
अजम्बरी लाउँला पिरती
हो अजम्बरी लाउँला पिरती

शब्द – कालीप्रसाद बासकोटा, सविन एकतारे
स्वर – कालीप्रसाद बासकोटा, मेलिना राई
संगीत – कालीप्रसाद बासकोटा
चलचित्र – ग्याङ्गस्टर ब्लुज

Leave a Reply

Your email address will not be published. Required fields are marked *