Skip to content

इमान्दार मान्छे महलमा हुँदैनन्


इमान्दार मान्छे महलमा हुँदैनन्
महलमा नपुग्ने सफलमा हुँदैनन् ।

मुटू भित्र पीडा बढेको छ धेरै
नभन्नू न काँडा कमलमा हुँदैनन् ।

खराबी छ तिम्रै नजरमा र भन्छौ
मिठासै अरबको गजलमा हुँदैनन् ।

म मातेंछु कस्तो पिलायौ जवानी
नशा यो अरू क्यै तरलमा हुँदैनन् ।

म ‘घायल’ छु होला बिकेको नसम्झ
असल जो लिलामी पसलमा हुँदैनन् ।

बहर: मुताकरिब मुसम्मन सालिम
फऊलुन् /१२२x४
उमाकुण्ड गाउँपालिका-६, रामेछाप
हाल: अलऐन, युएई

4 thoughts on “इमान्दार मान्छे महलमा हुँदैनन्”

    1. हार्दिक धन्यवाद दिपक जी !
      हार्दिक धन्यवाद दिपक जी !

  1. न काफिमा मिलान भाे न रुक्नमा
    न काफिमा मिलान भाे न रुक्नमा तथापि दमदार भाे ।

    1. हाहा … पक्कै हो र सर ?
      हाहा … पक्कै हो र सर ? एकपटक दोहोराएर नजर लगाउनु हुन हार्दिक अनुरोध गरें ! हार्दिक धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *