Skip to content

कतिकति आउँछन्


कतिकति आउँछन् र आएर जान्छन्
हज्जारौं सपनाहरू देखाएर जान्छन्

दोबाटोको ठाँटी भएँ दुनियाँको सामु
यौवनका भारीहरू बिसाएर जान्छन्

मन्दिरको घण्टा झैँ भयो जिन्दगानी
जोसुकैले आउछन् बजाएर जान्छन्

दु:ख सधैं साथ हुन्छन् मानिसहरुका
क्षणिकमै खुशीहरू बिलाएर जान्छन्

संसारमा आउने ती हरेक मुसाफिर
हसाउँदै आउँछन र रुवाएर जान्छन्

– सूर्य चेम्जोङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *