कोही जित्छन् कोही हार्छन्


कोही जित्छन् कोही हार्छन् हारजित यस्तै छ
धनीलाई सुुखसयल गरीबको गीत यस्तै छ

नरोएको रात छैन नखोजेको बास छैन्
दुनिया सारा बदलियो तर हित यस्तै छ

कतिसम्म धाए मन्दिर कति ढुङ्ग ढोगे
ढुङ्गलाई भगवान ठान्ने रीत यस्तै छ

कति फेरिए मान्छे वदलिदो संसार सगैँ
जति बदलिए पनि दीक्षित अतित यस्तै छ

अर्जुन पाण्डे दीक्षित
तुलसीपुर ६ दाङ्ग
(रेडियो तुलसीपुर एफ.एम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *