तिम्रो जस्तै मेरो पनि छातीभरि व्यथा छ
नभन्नु निष्ठुरी मलाई मेरो आफ्नै कथा छ
सात समुद्र नौ डाँडाले छेक्न सक्दैन ती
मुस्कान भरिएको अनुहार जता – तता छ
कसको भाग्यमा के छ! कसले देखेको छ
भोलिको दिन तिमीलाई न मलाई पता छ
मिलन विछोड भइरहन्छ सुखदुःख पनि
हाम्रो जिन्दगीमा त्यसैले, त विविधता छ
– सूर्य चेम्जोङ
